aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

गभर्नरलाई बास्कोटाको सुझावः विदेश पठाउँदै गरेको अर्बौ रकम रोक्नुहोस्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २५ चैत्र २०७६
गभर्नरलाई बास्कोटाको सुझावः विदेश पठाउँदै गरेको अर्बौ रकम रोक्नुहोस्

काठमाडौँ । पूर्वमन्त्री गोकुल बाँस्कोटाले नवनियुक्त गभर्नरलाई बधाई ज्ञापन गर्दै सुझाव पनि दिएका छन् । बास्कोटाले नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीलाई गैर कानूनी बाटोबाट लाभांसका नाममा विदेश पठाउँदै गरेको अर्बौँ रकम रोक्न सुझाव दिएका हुन् । 

‘नवनियुक्त गभर्नरज्यूलाई हार्दिक बधाई। साथै कार्यकालको शुभकामना । एन बि ईन्टरनेश्नल जस्ता कम्पनीले पश्चदर्शी कानुन बनाउन लगाउने सफलता मार्फत गैर कानुनी बाटोबाट लाभांसका नाममा विदेश पठाउँदै गरेको अर्बौ रकम रोक्न सक्नुहोस्। सानो सुझाव दिन चाहन्छु’, बाँस्कोटाले ट्विटरमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस