aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

निक साइमन इन्स्टिच्युटद्वारा १० वटा भेन्टिलेटर र एक हजार थान पीपीइ हस्तान्तरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २५ चैत्र २०७६
निक साइमन इन्स्टिच्युटद्वारा १० वटा भेन्टिलेटर र एक हजार थान पीपीइ हस्तान्तरण

काठमाडौं । निक साइमन इन्स्टिच्युटले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई १० वटा पोर्टेबल भेन्टिलेटर र एक हजार थान पिपिई हस्तान्तरण गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई निक साइमन इन्स्टिच्युटका तर्फबाट डा अनिल श्रेष्ठले सामग्री हस्तान्तरण गरेको हो । 

भेन्टिलेटर र पिपिइ जस्तो महत्वपूर्ण स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकोमा धन्यवाद दिँदै उनले सबैको प्रयासले कोरोनाविरूद्धको लडाइँमा विजय प्राप्त गर्न सकिने बताए । 

उनले विपद्को यस अवस्थामा निक साइमन इन्स्टिच्युटले हस्तान्तरण गरेको पोर्टेबल भेन्टिलेटर तत्कालै धनगढी, बुटवल र बागलुङमा दुई÷दुई वटाको दरले पठाइने र चार वटा भेन्टिलेटर आकस्मिक प्रयोजनका लागि तयारी अवस्थामा राखिने जानकारी दिए ।

इन्स्टिच्युटका तर्फबाट डा श्रेष्ठले अझै धेरै सहयोग उपलब्ध गराउने कोसिस भइरहेको भन्दै नेपाल सरकारसँग सहकार्य गर्न पाएकामा खुशी प्रकट गरे । 

हस्तान्तरणलगत्तै स्वास्थ्य सेवा विभागमा महानिर्देशक महेद्रप्रसाद श्रेष्ठले स्वास्थ्य सामग्री सम्बन्धित जिल्लामा पठाउने काम शुरू भएको जानकारी दिए । पिपिई यसअघि नै जिल्ला जिल्लामा पठाइएको श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस