aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

नास र सीसीएमसीबीच सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २५ चैत्र २०७६
नास र सीसीएमसीबीच सम्झौता

काठमाडौं । कोरानाभाइरसको महामारीले विश्वलाई आतङ्कितबनाइरहेको अवस्थामा नेपालएम्बुलेन्स सेवा (नास) र नेपाल सरकारद्वारा गठित कोरोना क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी) बीचएम्बुलेन्स सेवाकालागि साझेदारी भएको छ । 

उक्त साझेदारी स्वास्थ्यतथा जनसंख्यामन्त्रालय र काठमाडौं महानगरपालिकाको सहितको उपस्थितिमाभएको हो ।

सीसीएमसीका संयोजक सचिवश्री लक्ष्मण अर्याल र नेपालएम्बुलेन्स सेवाका अध्यक्ष रञ्जीत आचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

साथै, स्वास्थ्यतथा जनसंख्यामन्त्रालयका सहसचिव डा.गुणराज लोहनी र का.म.पा.का प्रशासन विभाग प्रमुख नमराज ढकालले पनिउक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।   

यो सम्झौता पश्चात नासले कोभिड १९ का बिरामीहरु उपत्यकाभित्र ओसारपसार गर्ने तथा डेडिकेटेड एम्बुलेन्स सेवाप्रदान गरेर नेपाल सरकारलाई सहयोग पुर्याउने भएकाे छ । 

यस कार्यका लागि सबै सुविधा सहितकानासका ५ वटा एम्बुलेन्स संचालन गर्ने जनाएको छ । जसमा इमर्जेन्सी मेडिकल टेक्निसियन, अन्यआवश्यकउपकरणहरु र स्वास्थ्यकर्मी र चालकलाई आवश्यक पर्ने पीपीई पनि उपलब्ध हुनेछ । 

साथै कोभिड १९ सम्बन्धि बिरामीहरुको ओसारपसार सम्बन्धि अनुरोधहरु सबै निकायहरुले हाल संचालनमा भएको १०२ नम्बरमा रिडाइरेक्ट गर्नेछन् ।

नासका अध्यक्ष रञ्जीतआचार्यले भने, “विश्वभरि फैलिरहेको कोरानाभाइरसको महामारीले सबैलाई त्रसितबनाएको छ । यस्तो विपदको घडिमा नेपाल सरकारलाई सहयोग गर्न पाउँदा नेपालएम्बुलेन्स सेवाआभारी छौं । नासले यसैपनि कोभिड१९ को पुर्व तयारी गरेर स्वास्थ्यकर्मीलाई आवश्यक (कोभिड–१९) सम्बन्धि तालिम दिई सेवापुर्याइ नै रहेको थियो, अब झन आधिकारिकता प्राप्त भयो । जस्तो सुकै विपदमा पनि आकस्मिक सेवा सहितको २४ सैतै घण्टा सेवाप्रदानगर्दै आइरहेको र यो कोभिड १९ रोकथाम र यस सम्बन्धि विरामीहरुको सेवाका लागि हामी नेपाल सरकारलाई सहयोग गरि सहकार्य गर्न सदैव तयार छौं ।”

नेपालएम्बुलेन्स सेवाले सन् २०१० मा संचालनमा आएदेखि हालसम्म ५० हजार भन्दा बढि बिरामीहरुलाई सेवा पु¥याइसकेको छ भने ५५ वटा भन्दा बढि शिशुको जन्मएम्बुलेन्समै स्वास्थ्यकर्मीले सुरक्षित डेलिभरी गराएका छन् ।
 

प्रतिक्रिया दिनुहोस