aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २४ लाख थपियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २५ चैत्र २०७६
कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २४ लाख थपियो

काठमाडौं । महालेखापरीक्षकको कार्यालयले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रकम जम्मा गरिदिएकाे छ । 

काेराेना भाइरस (काेभिड-१९) बिरूद्दकाे अभियानकाे लागि सरकारले स्थापना गरेकाे उक्त काेषमा २४ लाख ३४ हजार ६ सय ८६ रुपैयाँ सहयोग गरेको हाे । 

उक्त कोषमा माननीय महालेखापरीक्षक टंकमणि शर्मा, दंगालले आधा महिनाको तलब र अन्य कर्मचारीहरुले गत चैत्र ११ को नेपाल सरकार, सचिवस्तरीय बैठकको निर्णय बमोजिम मासिक पारिश्रमिकबाट तलब कट्टा गरी जम्मा गरेको हो । 

प्रतिक्रिया दिनुहोस