aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

वैशाख १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २५ चैत्र २०७६
वैशाख १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द

काठमाडौं । सरकारले वैशाख १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ। मंगलबार बसेको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण समन्वय समितिले अन्तर्राष्ट्रिय उडान  वैशाख १८ अर्थात् अप्रिल ३० तारिखसम्म बन्द गर्ने निर्णय गरेको हो। 

समिति बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीका अनुसार वैशाख १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान स्थगित गर्ने निर्णय भएको हो। 

यसअघि सरकारले वैशाख ३ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको थियो। मंगलबार थप १५ दिन अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको विडारीले जानकारी दिएका हुन् । बैठकले आन्तरिक उडानको विषयमा भने केही निर्णय नगरेको सविच विडारीले बताए। 

प्रतिक्रिया दिनुहोस