aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

साउदीमा दुई लाख व्यक्तिमा सङ्क्रमण हुनसक्ने

  • एएफपी
    एएफपी
  • मंगलबार, २५ चैत्र २०७६
साउदीमा दुई लाख व्यक्तिमा सङ्क्रमण हुनसक्ने

रियाद । साउदी अरबका स्वास्थ्यमन्त्रीले मङ्गलबार आगामी केही सातामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई लाख पुग्नसक्ने भन्दै सबै नागरिकलाई सचेतता अपनाउन निर्देशन दिनुभएको यहाँको राज्य सञ्चालित सञ्चारमाध्यमले जनाएका छन् । 

साउदी प्रेस एजेन्सीले स्वास्थ्यमन्त्रीलाई उद्धृत गरी कोरोना सङ्क्रमणका विरामीको सङ्ख्या बढ्नेबारे जानकारी दिँदै नागरिकलाई आफ्नो किसिमले सुरक्षा अपनाउन निर्देशन दिएको  जनाएको हो ।

 स्वास्थ्यमन्त्री तफिक अल रवियाले भने, “अध्ययनहरूले आगामी केही हप्तामा साउदी अरबमा सङ्क्रमण दर बढ्नसक्ने बताएका छन् । यो सङ्ख्या कम्तीमा एकलाख देखि बढीमा दुई लााखसम्म हुने अनुमान गरिएको छ ।”

विश्वभर कोरोना भाइरसका कारण मङ्गलबार साँझसम्म ७६ हजार ३७० व्यक्तिको मृत्यु भएको छ भने साउदी अरबमा २२१ व्यक्तिको मृत्यु भएको छ । खाडी मुलुक साउदी अरबमा सङ्क्रमितको सङ्ख्या दुई हजार ७९५ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस