aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

अमेरिकामा एकै दिन अहिलेसम्म कै धेरै जना मानिसको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २६ चैत्र २०७६
अमेरिकामा एकै दिन अहिलेसम्म कै धेरै जना मानिसको मृत्यु

एजेन्सी । कोरोना भाइरसका कारण अमेरिकामा एकै दिन १९ सय २४ जनाको मृत्यु भएको छ । अमेरिकामा १२ हजार ७ सय ९५ जनाको मृत्यु भइसकेको छ भने संबmमित हुनेको संख्या ३ लाख ९५ हजार ६ सय ७५ जना पुगेका छन् । 

त्यस्तै फ्रान्समा पनि भाइरसका कारण मृत्यु हुनेको संख्यामा वृद्धि भइरहेको देखाएको छ । पछिल्लो तथ्यांक अनुसार फ्रान्समा पनि एकै दिन एक हजार १७ जनाको मृत्यु भएको छ । भने अहिलेसम्म १० हजार ३ सय २७ को मृत्यु भएको छ । 

विश्वमा एकै दिन ७ हजार ३ सय २३ जना अहिलेसम्मकै धेरै मानिसको मृत्यु भएको वल्डोमिटरले उल्लेख गरेको छ । अहिलेसम्म मृत्यु हुनेहरुको संख्या ८१ हजार ९ सय ७७ जनाको ज्यान गइसकेको छ भने संक्रमित हुनेको सख्यां १४ लाख  २५ हजार ८ सय ६८ जना पुगेका छन् ।  

प्रतिक्रिया दिनुहोस