aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

ट्रम्पले दिए डब्लुएचओलाई सबै फण्ड रोकिदिने धम्की

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २६ चैत्र २०७६
ट्रम्पले दिए डब्लुएचओलाई सबै फण्ड रोकिदिने धम्की

अमेरिका । कोरोना भाइरसको सामु अमेरिकाले घुडा टेकको अवस्था छ । तर, अमेरिकी राष्ट्रपति डोनाल्डो ट्रम्प भने यसवेला पनि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) संग जोरी खोजीरहेका छन् । डब्लूएचओले चीन  प्रति बढि ध्यान दिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन् । 

ट्रम्पले मंगलबार विश्व स्वास्थ्य संगठन चीन केन्द्रित भएको र कोरोना महामारीका बेला खराब सल्लाह दिएको आरोप लगाए ।

‘डब्लूएचओले वास्तवमै उडायो, केही कारणवश अमेरिकाले ठूलो लगानी गरे पनि चीन केन्द्रित भयो । सौभाग्यवश मैले सीमा खुला राख्नुपर्छ भन्ने उनीहरुको सल्लाह अस्वीकार गरेँ, किन उनीहरुले हामीलाई यस्तो गलत सिफारिस गरे ?’ ट्रम्पले सोधेका छन् ।
 
डब्लूएचओले भने यसबारे कुनै प्रतिक्रिया सार्वजनिक गरेको छैन । जनवरी ३१ मा डब्लूएचओले देशहरुलाई कोरोना महामारीका बावजुद सीमा खुला राख्न सल्लाह दिएको थियो । तर डब्लूएचओले कुनै पनि देशलाई आफ्ना नागरिकको सुरक्षाका लागि कदम चाल्ने अधिकार भएको पनि जनाएको थियो । ट्रम्पले भने सोही दिन चीनबाट अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस