
चीन । चीनको वुहानबाट ११ हप्ता पछि पहिलो ट्रेन बाहिर निस्किएको छ । विश्वमा कोरोना भाइरस पहिलो पटक देखिएको सहर वुहानबाट यसरी अन्य सहरमा आवगमन सुरु गर्नुलाई चीनले कोरोना माथि विजय प्राप्त गरेको प्रमाणको रूपमा लिइएको छ ।
तर, समाचार एजेन्सी एपीका अनुसार वुहानका मानिसहरूलाई अहिले पनि बाहिर जान अनुमति भने दिइएको छैन । चीनमा कोरोना भाइरस संक्रमणका ८१ हजार ८०२ जना बिरामी फेला परेका छन् । पछिल्लो २४ घण्टामा चीनमा ६२ जना नयाँ संक्रमित फेला परेका छन् भने अघिल्लो दिन मात्र ३२ जना फेला परेका थिए ।
चीनका अन्य प्रान्तहरुमा भने यस अघि नै जन जीवन सामान्य तर्फ अघि बढिसकेको छ । त्यहाँका उद्योग धन्दाहरु सुचारु भएका छन् भने मानिसहरू काममा फर्किसकेका छन् ।
प्रतिक्रिया दिनुहोस