
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको रोकथामका लागि नेपाल सरकारले सिमरामा स्थापना गरेको अस्थायी क्वारेन्टाइनका लागि गोल्छा संगठन अन्तर्गतको हुलास स्टिल इन्डष्ट्रिजले ४० वटा वेड सहयोग स्वरुप प्रदान गरेको छ ।
कोरोना भाइरसको जोखिमले बढिरहेको परिप्रेक्षमा हुलास स्टिलले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै सरकारी अभियानलाई मद्दत गर्न ती वेडहरु हस्तान्तरण गरेको हो ।
सिमरास्थित यो क्वारेन्टाइनमा विदेशबाट आएका नेपालीलाई बाह्य सम्पर्क हुन नदिन १४ दिनसम्म राखिन्छ । साथै, हुलास स्टिलले स्थानीयलाई खाद्यान्न र दैनिक जीवनमा आवश्यक पर्ने अन्य सामग्रीहरु पनि सहयोग गर्दै आएको छ ।
कम्पनीले सबै नेपालीलाई सरकारले लागू गरेको लकडाउनको पालना गरी घरभित्रै रहनसमेत अपिल गरेको छं । यो स्थितिमा हुलास स्टिल आफ्नो स्रोतसाधनमार्फत मुलुकलाई सहयोग गर्न प्रतिबद्ध रहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस