
काठमाडौँ । चीनबाट सुरु भए पनि कोरोना भाइरसका कारण त्यहाँ ठुलो सङ्ख्यामा मानिसहरूको मृत्यु भएको देखिएन् । के त्यसो भए चीनले तथ्य लुकाएको हो ? अहिले यो प्रश्न विश्वभर सोधिँदै छ । बीबीसीले यस सम्बन्धी एक रिपोर्ट सार्वजनिक गरेको छ । जसले यी तमाम प्रशनहरुको जवाफ दिने प्रयास गरेको छ ।
चीनमा हरेक दिन बिहान ३ बजे कोरोना भाइरस संक्रमणको तथ्याङ्क सार्वजनिक गर्ने गरिन्छ । त्यहाँ हालसम्म ८१ हजार ८०२ जना संक्रमित भएको र ३ हजार ३३३ जनाको मृत्यु भएको बताइएको छ ।
विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशकले चीनले कोरोना संक्रमणको नियन्त्रणका लागि जुन रफ्तारमा काम गर्यो र सफलता हात पार्यो त्यो सह्रानीय रहेको बताउँदै आएका छन् । उनले यो मामिलामा चीनका गतिविधिहरू पारदर्शी रहेका समेत भन्ने गरेका छन् ।
तर, डब्लूएचओले चीनको पक्षमा वकालत गरिरहे पनि विश्व समुदायले भने भाइरस नियन्त्रणमा चीनले सफलता पाएको कुरामा सन्देह प्रकट गरिरहेका छन् । ब्रिटिस सरकारका वरिष्ठ मन्त्री माइकल गोबले चीनसँग जोडिएका कतिपय रिपोर्टहरू स्पष्ट नरहेको बीबीसीलाई अघिल्लो साता नै बताएका थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्डो ट्रम्पले पनि चीनमा संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या किन त्यति कम भयो भन्दै बारम्बार शङ्का व्यक्त गर्दै आएका छन् । त्यति मात्र होइन त्यहाँका एक नेताले त चीनले संक्रमणका तथ्याकं नै लुकाएको भनेर सिधै आरोप समेत लगाएका छन् ।
अमेरिकामा जसरी संक्रमण फैलियो र मृत्यु हुनेको सङ्ख्या अत्यधिक देखियो त्यस कारण पनि कोरोना संक्रमण सुरु भएको देश चीनबाट सार्वजनिक भएका तथ्याकंमा शङ्का गर्ने ठाउँ देखिएको हो ।
विगतमा पनि विभिन्न तथ्याकंहरु लुकाएको आरोप चीन माथि लाग्दै आएको छ । विशेषगरि अर्थ व्यावस्थासंग सम्बन्धित आँकडाहरु तथ्यपरक नभई आफ्नो अनुकूलतामा सार्वजनिक गर्ने गरेको भन्दै चीनमाथि पश्चिमेली मुलुकहरूले अविश्वास प्रकट गर्ने गरेका छन् ।
चीनले आफ्ना त्रैमासिक वित्तीय विवरणहरू समेत तथ्यमा आधारित नभई थप अगाडि कसरी बढ्ने भन्ने सूचकका रूपमा प्रस्तुत गर्ने गरेको बताइन्छ । चालू आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको चीनले त्यो लक्ष्य पुरा गर्छ या गर्दैन ? त्यो त अहिले नै भन्न सकिँदैन तर, उसको विगत हेर्दा निकै लामो समयदेखि चीन आफ्नो लक्ष्यमा पुग्दै आएको छ ।
चीनको यस प्रकारको आर्थिक विकासबारे पश्चिमी राष्ट्रका अर्थशास्त्रिहरु भने सधैँ नै आशंका व्यक्त गर्दै आएका छन् । लगातार यस प्रकारको विकास कुनै पनि देशमा सम्भव नभएको भन्दै उनीहरूले चीनमा कम्युनिस्ट पार्टीले गरेको भविष्य वाणीलाई सत्य साबित गर्ने गरी तथ्याङ्कहरू सार्वजनिक गर्ने गरेको आरोप लगाइन्छ ।
कोरोना संक्रमणको विषयमा पनि यसै गरी सत्य लुकाएको भन्दै अन्य देशहरुले के भन्ने गरेका छ भने कोरोनाको बारेमा जानकारी दिने डाक्टर लि बेनलियाङमाथि त्यहाँको प्रहरीले गरेको जाँचबुझबाट नै आशङ्काको सुरु भएको हो । त्यसो त ह्वाइट हाउसमा अमेरिकी गुप्तचर सस्थाले बुझाएको रिपोर्टमा समेत चीनले तथ्याकं लुकाएको निष्कर्ष रहेको ब्लुम्बर्कले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस