aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

कोरोना अस्पतालमा मृत्यु भएका बाबुराम थापाको ११ दिनपछि परिवारले शव बुझे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २६ चैत्र २०७६
कोरोना अस्पतालमा मृत्यु भएका बाबुराम थापाको ११ दिनपछि परिवारले शव बुझे

बुटवल । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका पाल्पा रिब्दीकोटका बाबुराम थापाको शव बुझ्न परिवार सहमत भएको छ । बुटवलको कोरोना अस्पतालमा चैत १६ गते ज्यान गुमाएका थापाको शव ११ दिनपछि परिवारले बुझेका हुन् । 

उपचारमा लापरबाही भएको भन्दै परिवारले क्षतिपूर्ति माग गरेका थिए । बुटवलमा क्रियाशीला सामाजिक संस्था, मृतकका आफन्त र सामाजिक विकास मन्त्रालयबीच भएको छलफलले बुधवार शव उठाउने सहमति गरिएको हो ।

मृतकका परिवारलाई सामाजिक संघसंस्थाले ८ लाख राहत दिने, मृतककी श्रीमतीलाई स्थानीय तहमा जागिर दिलाउने र दुई छोरालाई कक्षा १२ सम्म निशुल्क पढाउने सहमति  भएपछि परिवाले शव बुझेका हुन् । 

प्रतिक्रिया दिनुहोस