aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

राजस्वको ६ शीर्षकमध्ये आयकर सबैभन्दा बढी दरले वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २६ चैत्र २०७६
राजस्वको ६ शीर्षकमध्ये आयकर सबैभन्दा बढी दरले वृद्धि

काठमाडौं ।  चालु आर्थिक वर्षको दोस्रो चौमाससम्म प्रत्यक्ष कर (आयकर) उच्च वृद्धि भएको छ । सो अवधिमा राजस्वको ६ शीर्षकमध्य आयकर सबैभन्दा बढी दरले वृद्धिभएको हो भने मूल्य अभिवृद्धि कर मध्यम वृद्धि भएको छ भने अन्तः शुल्कमा झिनो सुधार भएको अर्थ मन्त्रालयको तथ्यांकले देखाएको छ । यस वाहेक भन्सार महसुल भने घटेको छ । चालु आर्थिक वर्षमा वस्तु तथा सेवा कम भएकोले भन्सार महसुल कम उठेको हो ।

आयकर व्यक्तिको प्रत्यक्ष आयमा लाग्ने कर भएकाले यसले व्यक्तिको आम्दानीस्तरमा वृद्धि भएको बताउँछ । यद्यपि सरकारले चालु आर्थिक वर्षमा आयकरको दायरा र दर दुबै बढाएको छ  ।सरकारले चालु आर्थिक वर्षको आर्थिक विधेयकले व्यक्तिगत आयकरमा यसअघिको १५ र २५ प्रतिशतलाई परिवर्तन गरेर १०, २० र ३० प्रतिशत बनाएको छ । यसले पनि आयकर बढाउन सहयोग गरेको हो  ।  

सरकारले चालु आर्थिक वर्षको यो अवधिमा एक खर्ब ३६ अर्ब २० करोड आयकर संकलन गरेको छ । सो कर गत आवको सोही अवधिको तुलनामा २९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको दोस्रो चौमाससम्म  अर्थ मन्त्रालयले एक खर्ब ५ अर्ब ६० करोड सो शीर्षकबाट राजस्व उठेको थियो ।

सरकारले चालु आर्थिक वर्षमा जम्मा दुई खर्ब ८० अर्ब ३५ करोड आयकर उठाउने लक्ष्य तोकेको छ । दोस्रो चौमाससम्म उठेको सो रकम गत आवको भन्दा करिब एक तिहाईले बढी भएपनि कुल लक्ष्यको तुलनामा जम्मा ४८.५८ प्रतिशतमात्रै हो । आयकरको अन्य शीर्षकमा भने १८ प्रतिशतभन्दा बढीले गिरावट आएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको अर्थ बुलेटिनमा उल्लेख गरिएको छ ।

मूल्य अभिवृद्धिमा आन्तरिकतर्फको कर बढेको छ भने पैठारीतर्फको घटेको छ । आन्तरिकतर्फको मूल्य वृद्धि ३५.८ प्रतिशतले बढेको छ भने पैठारीतर्फको मूल्यअभिवृद्धि ४.९ प्रतिशतले घटेको छ ।

मूल्यवृद्धिजस्तै अन्तःशुल्कमा पनि त्यहि प्रवृत्ति देखिएको छ । आन्तरिक अन्तःशुल्क बढेको छ भने पैठारी अन्तःशुल्क घटेको छ ।  भन्सार महसुलमा २.२ प्रतिशतले कमी आउँदा यसको असर पैठारीतर्फका हेरक शीर्षकमा देखिएको छ । गत वर्षको फागुन महिनासम्म एक खर्ब ३ अर्ब ७० करोड भन्सार राजस्व संकलन भएकोमा यस आवमा जम्मा एक खर्ब एक अर्ब ४० करोडमात्रै भन्सार महसुल संकलन भएको छ ।  

त्यसैगरी चालु आर्थिक वर्षको समीक्षा अवधिमा गैरकर पनि ४१ प्रतिशतभन्दा बढीले बढेको छ । गत आवको साउनदेखि फागुनसम्मको यो अवधिमा ७३ अर्ब गैरकर संकलन भएको छ । सो कर गएको आवको भन्दा करिब २२ अर्ब ४० करोडले बढी हो ।
सरकारले सबैभन्दा बढी कर उठाउने मूल्य अभिवृद्धि कर भने समीक्षा अवधिमा ९ प्रतिशतले घटेर एक खर्ब ६६ अर्ब ५० करोडमा सीमित भएको छ । 

सरकारले चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा कुल ५ खर्ब ७० अर्ब राजस्व संकलन गरेको छ । गत आवको फागुनसम्म एक खर्ब ५ अर्ब ६० करोड राजस्व संकलन  गरेको थियो ।  सरकारले चालु आर्थिक वर्षमा ११ खर्ब १२ अर्ब तीन करोड राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस