aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

ट्वीटरका संस्थापक डोर्सेले १ अर्ब डलर सहयोगको घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २७ चैत्र २०७६
ट्वीटरका संस्थापक डोर्सेले १ अर्ब डलर सहयोगको घोषणा

वासिङ्टन । सामाजिक सञ्जाल ट्वीटरका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सेले कोरोनाभाइरस महामारीसँग सम्बन्धित राहतका कार्यमा खर्च गर्ने गरी एक अर्ब अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेका छन । 

उक्त रकम डोर्सेले स्थापना गरेको स्क्वाएर इन्कको लगानीबाट उपलब्ध गराउने बताइएको छ । ट्वीटमा डोर्सेले आफ्नो सम्पत्तिको झण्डै २८ प्रतिशत बराबरको रकम परोपकारी कार्य गर्नेगरी खोलिएको संस्था स्टार्ट स्मल एलएलसीमा प्रदान गरेको उल्लेख गर्नु भएको छ । फोब्र्सका अनुसार डोर्सेको कूल सम्पत्ति करिब ३३ अर्ब अमेरिकी डलर रहेको छ । एएफपी

प्रतिक्रिया दिनुहोस