aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

अमेरिकामा कोरोनाका कारण थप एक नेपालीको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २७ चैत्र २०७६
अमेरिकामा कोरोनाका कारण थप एक नेपालीको मृत्यु

अमेरिका । कोरोना भाइरसको संक्रमणबाट संयुक्त राज्य अमेरिकामा थप एक नेपालीको मृत्यु भएको छ । क्वीन्सको एल्मर्स्ट अस्पतालमा ङिमा तेम्बा शेर्पाको मृत्यु भएको त्यहाँ बस्ने नेपालीहरुले जनाएका छन् । उनको स्थानीय समयअनुसार आज बिहान बिहान ५ः१८ मृत्यु भएको हो ।

 किदुगका अध्यक्ष उर्गेन शेर्पालाई उदृत गर्दै  इनेप्लिजले दुई दिनअघि नै उनको मृत्यु भएको हल्ला चलेपनि उनको मुटुको चाल बन्द नभएको र आज बिहान अस्पतालले मृत घोषणा गरेको हो । 

शेर्पा कोरोना भाइरस संक्रमणका कारण विगत केही हप्तादेखि अस्पतालमा उपचाररत थिए ।  

 

प्रतिक्रिया दिनुहोस