aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

डब्लुएचओको ट्रम्पलाई जवाफ - तिम्रो राजनीति क्वारेन्टाइनमा राख

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २७ चैत्र २०७६
डब्लुएचओको ट्रम्पलाई जवाफ - तिम्रो राजनीति क्वारेन्टाइनमा राख

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओ चीनकेन्द्रित भएको आरोप लगाएपछि विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानम घेब्रेयेससले कोरोना भाइरसका विषयमा भइरहेको राजनीतिकरण अन्त्य गरी एकताबद्ध हुन आव्हान गरेका छन्। 

ट्रम्पले डब्लुएचओ चीनकेन्द्रित भएको आरोप लगाउँदै राष्ट्रसंघलाई दिँदै आएको रकम रोक्ने चेतावनी दिएपछि डब्लुएचओ प्रमुखको यो प्रतिक्रिया आएको हो।  महानिर्देशक टेड्रोसले ट्रम्पको आरोपको खण्डन गर्दै आफूहरुले सबै मुलुकलाई निकट रुपमा हेरिरहेको बताए। 

ट्रम्पले बुधबार आफ्ना भनाइ सच्याउँदै डब्लुएचओले सही तरिकाले आफ्ना प्राथमिकता निर्धारण गर्नुपर्ने बताएका थिए। उनले राष्ट्रसंघलाई दिने रकमका विषयमा अध्ययन गरेर निर्णय लिन सक्ने उल्लेख गरेका थिए। 

तथापी महानिर्देशकले कोभिड राजनीतिलाई क्वारेन्टाइनमा राख्न ट्रम्पलाई आग्रह गरेका छन् । डब्लुएचओको कूल बजेटको १५ प्रतिशत अमेरिकाले योगदान गर्छ जुन रोक्ने चेतावनी ट्रम्पले दिएका थिए। 

प्रतिक्रिया दिनुहोस