aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

भारतका बैंकले लकडाउनमा पनि यस्तो सुविधा ल्याए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २७ चैत्र २०७६
भारतका बैंकले लकडाउनमा पनि यस्तो सुविधा ल्याए

एजेन्सी । कोरोना भाइरसका कारण आक्रान्त बनिरहेको विश्वमा भारतका केहि बैंकले आफ्ना ग्राहकलाई आकषर्ण उपहार सार्वजनिक गरेको छ । लकडाउनमा आम मानिसको दैनिकी तहसनहस भइरहेको भारतमा एचडीएफसी बैंकले आफ्ना ग्राहकहरूलाई दुई विशेष उपहार दिएको छ ।  पहिलो उपहार ग्राहकहरु ऋण लिनको लागि रहेको छ भने अर्को नगद सुविधा सम्बन्धी रहेको छ । 

एचडीएफसी बैंकले आफ्ना ग्राहकको सुविधाको लागि अब नगद निकाल्नका लागि एटीएम बुथ वा बैंकसम्म जान नपर्ने व्यबस्था गरेको छ । बैंकल नगद सुविधा घर बाहिर उपलब्ध  गराएको छ । 

एचडीएफसी बैंकले देशभर मोबाइल बैंकिंग र एटीएम सेवा त प्रदान गरेको छ । यो सुविधाको साथ, ग्राहकहरुका लागि अब आफ्नो घरको ढोका र पार्कमा एटीएम भ्यानबाट नगद निकाल्न सुविधा उपलब्ध गराएको छ । मोबाइल एटीएमहरू कहाँ राख्ने भन्ने सम्बन्धमा सम्बन्धित शहरका नगरपालिकाहरूसँग कुराकानी गरेपछि निर्णय लिने जनाएको छ ।

बैंकले दिएको जानकारी अनुसार मोबाइल एटीएम निश्चित अवधिको लागि विशेष ठाउँमा राखिनेछ । यस अवधिमा मोबाइल एटीएमहरू  बिहान १० देखि साँझ ६ बजे सम्म रहनेछ । 

साथै एचडीएफसी बैंकले ऋणको व्याजदर ०.२० प्रतिशतले घटाएको छ ।  यस कटौतीपछि एक दिनको मार्जिनल लेण्डिंग दर अर्थात् एमसीएलआर ७.६० प्रतिशत छ भने एक बर्षको ऋणको लागि ७.९५ प्रतिशत बनाएको छ ।

धेरै ऋणहरु  एक बर्ष एमसीएलआरसंग जोडिएको हुन्छन । बैंकको यो पहलसँगै टर्म लोन लिनेका लागि सस्तो हुनेछ ।  यस बाहेक, पहिले नै ऋण लिइसकेकालाई पनि  ईएमआई पनि कम हुनेछ ।

भारतमा यसअघि एसबीआई, बैंक अफ इंडिया, क्यानरा बैंक, बैंक अफ बडोदा, पीएनबी, यूनियन बैंक अफ इन्डिया, बैंक अफ महाराष्ट्रले पनि ब्याज दर घटाइसकेका छन । ब्याज दर १० दिन भित्र एसबीआईले दुई पटक कटौति गरेको छ । 

प्रतिक्रिया दिनुहोस