aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

नेपाल प्रहरी अस्पतालले २ करोडको थैली पायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २७ चैत्र २०७६
नेपाल प्रहरी अस्पतालले २ करोडको थैली पायो

काठमाडौं । नेपाल प्रहरी अस्पतालले ३६औं बार्षिकोत्सव सम्पन्न गरेको छ ।  बार्षिकोत्सवको अवसरमा प्रहरी कल्याण कोषले अस्पताललाई प्रदान गरेको २ करोड रुपैयाँको थैली प्रहरी प्रधान कार्यालय कल्याण महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक टेक बहादुर तामाङले अस्पतालका प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक मेडिकल डाइरेक्टर डा. आशा सिंहलाई हस्तान्तरण गरेका थिए । 

 उक्त अवसरमा प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सिंहले लामो समयावधी अस्पतलामा सेवा गर्ने प्रहरी कर्मचारीहरुलाई कदरपत्र, उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीहरुलाई नगद तथा प्रमाणपत्र र उत्कृष्ट विभागहरुलाई प्रशंसापत्र प्रदान  गरेकी थिएन ।  

कार्यक्रममा प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सिंहले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को महामारी नियन्त्रणका लागि नेपाल सरकारले लागू गरेको लकडाउनको समयमा समेत उच्च जोखिमका बाबजुद प्रहरी अस्पतालका कर्मचारीहरुले सेवा प्रदान गर्दै आएको उल्लेख गरेकी थिएन 

प्रतिक्रिया दिनुहोस