aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

अत्यावश्यक सामान भन्दै रक्सी बाेक्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २७ चैत्र २०७६
अत्यावश्यक सामान भन्दै रक्सी बाेक्दै

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लकडाउन उल्लङ्घन गर्दै अति आवश्यक सवारी भनि सूचना टाँसेर मदिरा ढुवानी गर्ने अटो र स्कुटरसँगै १८० लिटर मदिरा बरामद गरेको छ  । 

प्रहरीका अनुसार बरामद भएको मदिरा जनप्रतिनिधि र पत्रकारको रोहवरमा पोखेर नष्ट गरिएको छ ।

लकडाउनको समयमा प्रहरी प्रशासनले अतिआवश्यक सवारी बाहेक सञ्चालनमा रोक लगाएकाले एक अटोले दुग्ध दुवानी सेवाको ब्यानर राखेर मदिरा ओसार्ने क्रममा प्रहरीले बरामद गरेको थियो । त्यसैगरी स्कुटरबाट करीब ४० लिटर मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ  ।

प्रतिक्रिया दिनुहोस