aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

सरकारले भोलि र पर्सि उपत्यका बाहिर जान दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २७ चैत्र २०७६
सरकारले भोलि र पर्सि उपत्यका बाहिर जान दिने

काठमाडौं । सरकारले लकडाउनका कारण काठमाडौंमा रोकिएकालाई घर फर्कन दिने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिको आज बसेको बैठकले भोलि र पर्सि दुई दिन उपत्यका बाहिर जान दिने निर्णय गरेको हो ।

मापदण्ड बनाएर दुई दिन उपत्यका बाहिर जान चाहनेलाई जान दिने निर्णय गरिएको समितिले जनाएको छ । आपूर्तिमा समस्या आउन सक्ने सम्भावनालाई ध्यानमा राखेर घर फर्कन चाहानेलाई सरकारले मौका दिएको हो ।

उपत्यका बाहिरबाट भने काठमाडौं आउन नपाइने समितिले जनाएको छ । लकडाउनका कारण राजधानीमा बस्न अफ्ठयारो भएपछि धेरै मानिस केही दिनदेखि पैदल नै आफ्नो जन्मस्थानतर्फ जान थालेका थिए । सर्वसाधारणले दुःख पाएको भन्दै एकपटकका लागि घर जान दिने निर्णय सरकारले गरेको हो ।

प्रतिक्रिया दिनुहोस