aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

सरकारको निर्णय प्रति प्रदेश ५ को आपत्ति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २७ चैत्र २०७६
सरकारको निर्णय प्रति प्रदेश ५ को आपत्ति

काठमाडौं । प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले सरकारले गरेको निर्णयप्रति आपत्ती जनाएका छन् । उनले सरकारले लकडाउनका कारण काठमाडौं उपत्यकामा फसेका नागरिकलाई गाउँ जान दिने निर्णयमा आपत्ति जनाएका हुन् । 

उनले काठमाडौंबाट बाहिर जान दिने र बाहिरबाट काठमाडौं जान दिने कुरा सत्य होइन होला भन्दै लकडाउनलाई लकडाउन नै बनाउनुपर्ने बताएका छन्।

मुख्यमन्त्री पोखरेलले लेखेका छन्, काठमाडौंबाट बाहिर जानदिने र बाहिरबाट काठमाडौं जान नदिने कुरा सत्य होइन होला। लकडाउनको अर्थ लकडाउननै हो। बरु बेखर्चीलाई राहत देउ।

त्यस लगत्तै प्रदेश ५ का जनतालाई पनि अर्को सन्देश फेसबुक मार्फत नै दिएका छन् । जसमा उनले लेखेका छन्, ‘प्रदेश ५ मा जो जहाँ छौँ, त्यहि बसौँ, समस्या भए वडा कार्यालयमा सम्पर्क गरौँ । ३ गते पछि सिमीत मात्रामा ठाउ हेरि आउजाउ खोल्न सकिन्छ । धैर्य गाररौँ ।’

प्रतिक्रिया दिनुहोस