
काठमाडौँ । लकडाउनका कारण काठमाडौँमा रोकिएकाहरुलाई भोलि र पर्सि उपत्यका बाहिर जान दिने निर्णय रद्ध भएको छ । उपत्यकाका मानिसलाई बाहिर पठाउदा कोरोनाको थप जोखिम हुनसक्ने भन्दै बाहिर पठाउने निर्णय रद्ध गरेको हो ।
यसअघि भएको निर्णय तत्कालका लागि स्थगित भएको छ’ एक मन्त्रीले भने, ‘यो निर्णय कार्यान्वयन गर्दा झन् जोखिम बढ्ने विश्लेषणपछि उच्चस्तरीय समन्वय समितिले तत्कालका लागि यो निर्णय स्थगित गरिएको हो ।’
यसअघि उच्चस्तरीय समन्वय समितिले उपत्यका बाहिर जान चाहनेहरुलाई सरकारले नै यातायातको साधन उपलब्ध गराउने निर्णय बिहीबार दिउँसो बसेको बैठकले गरेको थियो । उपत्यका बाहिर जाने सवारी साधनहरुलाई प्रहरीले स्कर्टिङ गर्ने निर्णय पनि भएको थियो ।
सरकारको निर्णय २ घण्टा पनि टिकेन । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले समेत काठमाडौंबाट बाहिर जान दिने भए लकडाउनको अर्थ नहुने भन्दै विरोध गरेका थिए । गृह मन्त्रालयले समेत भोलि र पर्सि नै पठाउन सम्भव नभएको राय दिएपछि निर्णय उल्टिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस