
युक्रेनका राष्ट्रपति पेत्रो पोरोशेन्कोले आफ्ना प्रतिद्वन्द्वी तथा व्यङ्ग्यकार भोलोदिमिर जेलेन्स्की अनुपस्थित भएपछि खाली मञ्चमा एक्लै बहस गरेका छन्। कार्यक्रममा उनी नआएपछि पोरोशेन्कोले राजधानी किएफस्थित ओलिम्पिक रङ्गशालामा हजारौँ मानिसको अगाडि एक्लै बोले।
टेलिभिजनमा निर्वाचनबारे आयोजित एउटा बहसमा सहभागी हुन राष्ट्रपति पोरोशेन्को र जेलेन्स्की गत हप्ता सहमत भएका थिए। तर मितिबारे भने सहमति हुन सकेको थिएन। जेलेन्स्कीले मतदानको दुई दिनअघि अर्थात् शुक्रवार टेलिभिजन बहसमा आउन खोजेको थिए।
फाइदा
पहिलो चरणको चुनावमा १६ प्रतिशत मात्रै मत ल्याएका राष्ट्रपति पोरोशेन्कोले टेलिभिजन बहसमा जेलेन्स्की अनुपस्थित भएपछि त्यसबाट लाभ लिन चाहेको देखिन्छ।
किएफस्थित बीबीसी संवाददाता जोनाह फिशरका अनुसार टेलिभिजन बहसमा पूर्वव्यापारी पोरेशेन्कोले आफ्ना प्रतिद्वन्द्वीसँग राजनीतिक अनुभव नरहेको कुरा उठाउन खोजेका थिए।
जेलेन्स्कीले आफ्ना राजनीतिक दृष्टिकोण कहिल्यै नराखेको पोरेशेन्कोले भन्न चाहेका थिए।
पहिलो चरणको मतदानका क्रममा भोलोदिमिर जेलेन्स्की
तर मञ्चमा आफ्नो ४५ मिनेट लामो पर्खाइलाई राष्ट्रपति पोरोशेन्कोले पत्रकारका प्रश्नको उत्तर दिन र कार्यक्रममा अनुपस्थित आफ्ना प्रतिद्वन्द्वीको आलोचना गर्न उपयोग गरे।
भ्रष्टाचारजस्ता मुद्दासँग जुझ्न पर्याप्त काम नगरेको आरोप खेपिरहेका पोरोशेन्कोले निर्वाचन अभियानलाई एउटा ‘आवाजविहीन चलचित्र’को सङ्ज्ञा दिए र जेलेन्स्कीमाथि तर्सिएको आरोप लगाए।
फरक
“यदि उनी मान्छेदेखि फेरि लुक्छन् र डराएका छन् भने हामीले उनलाई फेरि निम्त्याउनेछौँ।”
कार्यक्रमस्थलमा पुग्दा उनले भनेका थिए, “पाँच वर्षका लागि कसलाई निर्वाचित गर्न लागिएको छ भनेर देशलाई देखाउन हामी प्रत्येक दिन प्रत्येक प्रत्यक्ष कार्यक्रममा उनलाई निम्त्याउनेछौँ।”
अहिलेसम्म जेलेन्स्कीले चुनावी अभियानको प्रचलित परम्परालाई बेवास्ता गर्दै र्यालीको आलोचना गरेका छैनन् भने केही मात्र अन्तर्वार्ता दिएका छन्। सामाजिक सञ्जालमार्फत् उनले सञ्चार गर्ने गरेका छन्। नयाँ र फरक हुने भनाइबाहेक उनका राजनीतिक धारणा पनि आएका छैनन्।
यति हुँदाहुँदै पहिलो चरणको चुनावमा सहज अग्रता लिएका जेलेन्स्कीले ३० प्रतिशतभन्दा बढी ल्याए। र, आउने सप्ताहान्तमा हुने दोस्रो चरणको निर्वाचनका उनी अझै लोकप्रिय मानिन्छन्।
साभार : बीबीसी
प्रतिक्रिया दिनुहोस