aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

बन्यो कोरोना बारे फिल्म, यस्तो छ विषयवस्तु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २८ चैत्र २०७६
बन्यो कोरोना बारे फिल्म, यस्तो छ विषयवस्तु

एजेन्सी । क्यानडाका निर्देशक मोस्तफा केसवानीले कोरोना भाइरसबारे चलचित्र बनाएका छन् । ‘कोरोना फियर इज अ भाइरस’ नामक चलचित्र निर्माण गरेका हुन्।

फिल्मका निर्देशकले गत फेब्रुअरी १४ मा छायांकन तथा सम्पादन सकिएको यो चलचित्र चाँडै प्रदर्शनमा आउने बताएका छन्।

यसमा संक्रमण फैलिएको बेला लिफ्टमा अड्किएका ७ व्यक्तिको कथा छ । सो कथामा आधारित उक्त चलचित्रमा तीमध्ये एक जनालाई खोकी लागेपछि सुरु भएको संघर्षको कथा छ।

कोरोना भाइरसबारे बनेको यो नै पहिलो चलचित्र भएको बीबीसीले उल्लेख गरेको छ। कतिपयले भने यस बिषयमा सिनेमा बनाउनु अलिक हतारो भएको भन्दै आलोचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस