
अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस संक्रमणविरुद्ध प्रभावकारी औषधि पत्ता लागेको दाबी गरेको छ। ह्वाइट हाउस कोरोना टास्क फोर्सको नियमित पत्रकार सम्मेलनअन्तर्गत बिहीबार कोरोना भाइरसबाट संक्रमित व्यक्तिको उपचारमा प्रभावकारी हुने औषधि पत्ता लागेको ट्रम्पले दाबी गरेका हुन्।
औषधि उत्पादक कम्पनी फाइजरले कोरोना भाइरसको संक्रमण पुनः फैलिन नदिन अति उपयुक्त तथा प्रभावकारी औषधि उत्पादन गरेको ट्रम्पको दाबी छ। त्यसको परीक्षण चाँडै सुरु हुने पनि उनले जानकारी दिएका छन्।
उक्त औषधि तथा उपचार पद्धतिप्रति उत्पादक कम्पनी अति नै आशावादी र उत्साही रहेको राष्ट्रपति ट्रम्पलाई उधृत गर्दै अमेरिकी सञ्चारमाध्मयले जनाएका छन्।
कारोना भाइरसविरुद्ध औषधि तथा खोप पत्ता लगाउन अहिले विश्वभरका वैज्ञानिक प्रयासरत छन्।
प्रतिक्रिया दिनुहोस