कोरोना सङ्क्रमण रोक्ने उपायका रूपमा अहिले पुरै विश्व लकडाउनको अवस्थामा छ । कसरी यो सङ्क्रमण फैलन नदिने भन्ने बारे सबैको टाउको दुखिरहेको बेला सिंगापुरले अवलम्बन गरेको विधि उपयुक्त र प्रभावकारी समेत प्रमाणित भएको छ ।
चीनबाट सिंगापुरमा कोरोना भाइरस कसरी, को मार्फत पुग्यो भन्ने मात्र खोजी गरेन बरु उनीहरूको सम्पर्क शृङ्खला समेत यसरी खोज्यो कि मात्र ६ हजार जनालाई क्वारेन्टाइनमा राख्दा त्यो मुलुकले आफूले कोरोना नियन्त्रणमा सफलता पाएको घोषणा गर्न सक्ने स्थिति बन्यो ।
बिबिसीले यस सम्बन्धी एउटा रिपोर्ट नै तयार गरेको छ जसमा त्यहाँ नियन्त्रणको काम कसरी भयो भन्ने विस्तृत रूपमा वर्णन गरिएको छ ।
मध्य जनवरीमा चीनबाट २० जना पर्यटकको एउटा टोली सिंगापुर पुग्यो । उनीहरूले त्यहाँका धेरै जसो ती ठाउँहरू घुमे जहाँ अत्यधिक मानिसहरू जाने गर्छन् । उनीहरूको गन्तब्यस्थलमा त्यहाँको एक प्रसिद्ध चाइनिज मेडिकल पसल पनि थियो जहाँ परम्परागत चिनियाँ औषधिहरू जस्तै गोहीको तेल, हर्बल आदी पाइन्छ ।
त्यहाँ उनीहरूलाई एक जना महिलाले सामानहरू देखाइन् । उनले तिनीहरूको पाखुरामा मसाज समेत गरिदिएकी थिइन् । टुरिस्टको त्यो ग्रुप चीन फर्कियो । तर, उनीहरूले त्यहाँ केही छोडेका थिए । त्यो थियो, कोरोना भाइरस ।
त्यस बेला सम्म सिंगापुरमा जम्मा १८ जना मात्र कोरोनाका सङ्क्रमित देखिएका थिए । तर, फेब्रवरी ४ तारिखसम्ममा कोरोना भाइरस सिंगापुरको स्थानीय समुदायमा समेत फैलिसकेको देखियो । त्यो चाइनिज मेडिकल सप नै त्यसको पहिलो केन्द्र बिन्दु थियो भन्नेपनी जानकारीमा आयो । त्यहाँका एक टुरिस्ट गाइड र ती महिला जसले चिनियाँ पर्यटकलाई मसाज गरेकी थिइन् उनी बिरामी भए ।
त्यही पसलबाट थप नौ जनामा सङ्क्रमण फैलिएको समेत देखियो । ती महिलाका श्रीमान्, उनको छ महिनाको बच्चा र उनकोमा काम गर्ने एक इन्डोनेसियन सहयोगी पन९इ सङ्क्रमणमा परे । अरू दुइजना कर्मचारीमा पनि कोरोना देखियो ।
यो सबै देखी पछि सिंगापुर सरकारले सम्भावित सङ्क्रमितको पहिचान गर्ने कार्यक्रम अघि सार्यो । ती सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएकाको पहिचान र खोजी क्रमलाई त्यहाँ तीव्रता दिइयो ।
मार्च १६ तारिखसम्ममा सिंगापुरमा २४३ जना सङ्क्रमित भेटिए । सिसिटिभी फुटेजको प्रयोग गरी सम्भावित सङ्क्रमितको खोजी गर्दा ६ हजार जनालाई क्वारेन्टाइनमा राख्नुपर्ने देखियो । सो कामलाई त्यहह्को सरकारले प्राथमिकतामा राख्यो ।
कन्ट्याक ट्रयास गर्न सबै विधिको प्रयोग गरियो । सिसिटिभी फुटेज, टेलिफोन, प्रहरी र जासुस सबैको प्रयोग गरियो र ती ६ हजार जनाको पहिचान हुनसक्यो । त्यहाँ हरेक सङ्क्रमितले पछिल्लो एक सातामा जम्मा कति मानिस भेटे । के कस्ता जमघटमा सहभागी भए र त्यहाँ को को थिए भन्नेको अति सूक्ष्म रूपमा विश्लेषण गरियो । यहाँ उल्लेखनीय यो छ कि तिनीहरूले यो कामको लागि त्यति ठुलो जनशक्ति प्रयोग गर्नु परें तर जातिले काम गरे उनीहरूले निकै गम्भीर भएर गरे ।
बिबिसीले आफ्नो रिपोर्टमा उल्लेख गरे अनुसार त्यहाँ लगभग एकसय जना जति प्रहरी अधिकारीले दिनरात त्यो काम गरेका थिए । त्यहाँको स्वास्थ्य मन्त्रालय र प्रहरीको यो संयुक्त प्रयास यती प्रभावकारी थियो कि कुनै नयाँ सङ्क्रमित व्यक्ति फेला परेको लगभग एक दिन भित्रमा उनको सम्पर्कमा आएका लगभग सबैलाई क्वारेन्टाइनमा राख्न सकिएको थियो ।
ट्याक्सी प्रयोग गरेकाको रेकर्ड हेरेर त्यो ट्याक्सीमा त्यो साता भरी यात्रा गरेकाको पहिचान गरेर उनीहरूसम्म स्वास्थ्य मन्त्रालय पुग्यो । आवश्यक सबैलाई क्वारेन्टाइनमा राख्यो ।
के नेपालमा त्यो सम्भव छ ? अवश्य पनि छ । तर, सरकारले त्यो तदारुकता देखाउनु पर्यो । प्रहरीको तलब काट्ने होइन थपिदिएर यो काम गर्न लगाउनु पर्यो । राजनीतिक नियुक्ति पाएका सबैलाई र जन निर्वाचित सबैको तलब आवश्यकता अनुसार २/४ महिनाको नै रोक्दा फरक पर्दैन । तिनीहरूले जनताको सेवा गर्छु भनेका हुन् जागिर खाएका होइनन् ।
यदि सिंगापुरको जस्तै तरिका अपनाउने हो भने हामीपनी चाँडै कोरोना माथि विजय प्राप्त गरेको घोषणा गर्न सक्छौँ । यदि यस्तै तरिका हो, काम गर्नेको तलब काट्ने र नेताहरूले कसरी हुन्छ कमिसन र भ्रष्ट्राचारमा मात्र ध्यान दिने हो भने हाम्रो पनि हालत इटाली र अमेरिकाको जस्तै हुनेछ । कम्तीमा सिंगापुरबाट सिकौँ । त्यो राम्रो बिधिको अनुसरण गरौँ ।
प्रतिक्रिया दिनुहोस