aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

बेलायतले झिकाएको विमान २४८ यात्रु बोकेर फर्कियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २८ चैत्र २०७६
बेलायतले झिकाएको विमान २४८ यात्रु बोकेर फर्कियो

काठमाडौँ । बेलायतले झिकाएको टाइटन एयरको चार्टर विमान २ सय ४८ बेलायती लगायत विदेशी नागरिक बोकेर फर्केको छ । लकडाउनका कारण अलपत्र परेका बेलायती नागरिक लिन यो चार्टर विमान सवा १२ बजे दुबई हुँदै काठमाडौं आइपुगेको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भने बिहान ९ बजेदेखि नै यी यात्रुहरुका लागि चेकइन काउन्टर खुला गराएको थियो। लण्डनबाट रित्तै काठमाडौं आएको यो विमान २ बजे फर्केको हो।

विमानमा बेलायती, नेपाली मूलका बेलायतीबाहेक पोल्याण्ड, र्पोचुगल, अमेरिका र सेन्ट लुसियाका ६ शिशुसहित २ सय ४८ यात्रु रहेका छन् । 

प्रतिक्रिया दिनुहोस