aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २८ चैत्र २०७६
बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ

गुल्मी । गुल्मीमा बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । जिल्लाको इस्मा गाउँपालिका २ पालुखामा ४६ वर्षीय टेक बहादुर कुमाललाई ढुङगाले हानी हत्या गरेको अभियोगमा २५ वर्षीय अर्जुन कुमाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

अर्जुनले बुबालाई ढुङगाले हानी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय गुल्मी र प्रहरी चौकी हस्तीचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस