aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

लकडाउनकाे बेला अनलाईनमै पसल यसरी खाेल्नुस्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २८ चैत्र २०७६
लकडाउनकाे बेला अनलाईनमै पसल यसरी खाेल्नुस्

काठमाडाैं । बदलिंदो बिश्वबजारलाई पच्छ्याउँदै हरेक क्षेत्रमा विभिन्न प्रविधिको प्रयोग गर्ने प्रचलन नेपालमा पनि विकास भएको छ ।

यदि तपाईलाई आफ्नो बस्तु तथा सेवाहरु अनलाईनमा राखेर सोच्दै हुनुहुन्छ भने वान्टेज बिट प्रा.लि.द्धारा प्रवद्धित डब्लुडब्लुडब्लु पसल्स डट कम (https://www.pasls.com/) मार्फत ई–कमर्श साइट बनाउने प्लेटफर्म उपलब्ध गराएको छ ।

ग्राहकहरुले घरबाटै बस्तु तथा सेवाहरुको अर्डर गर्न सक्ने, विभिन्न माध्यमबाट पैसा भुक्तानीको ब्यवस्था भएकोले लकडाउनकै समयमा पनि उक्त प्लेटफर्ममा आफ्नाे ब्यवसाय सञ्चालन गर्न सक्ने छन् । 

आधुनिक प्रविधीलाई सरल ढंगले प्रयोगमा ल्याउन सक्ने गरि निर्माण गरिएको उक्त प्लेटफर्ममा आप्mनो ब्यवसायलाई केही समयमा नै अनलाईन स्टोरमा परिणत गर्न सक्ने उक्त पसल्सका फाउण्डर राजेश शर्माले बताए । 

उनले भने ‘ यहाँ रिटेल पसलदेखि ठूला उद्योगीहरुसम्मले नै ब्यवसाय सञ्चालन गर्न सक्नेछन् । ब्यवसायीहरुले थोरै लगानीमा आप्mनो ब्यवसायलाई अधुनिक बनाउन सक्नुहुने छ ।’

पसल यसरी दर्ता गर्न सकिन्छ

उनका अनुसार पसल्स एउटा SaaS (software as a service) मा आधारीत प्लेटफर्म हो । अन्लाईन पसल खोल्न चाहने जोसुकैले मासिक या वार्षिक शुल्क तिरेर पसल्स मार्फत सजिलै आफ्नो अन्लाईन पसल खोल्न सक्नेछन् ।

अन्लाईन पसल खोल्ने अरु तरिका भनेको कुनै सफ्टवेयर कम्पनीलाई बनाउन दिने अनि एउटा सर्भरमा राखेर होस्ट गर्ने हो । तर यो तरिका अपनाउँदा उक्त सफ्टवेयर कम्पनीलाई डेभलपमेन्टकै पैसा तिर्नुपर्ने हुन्छ, जुन सुरुवाति खर्च हो र कम्तीमा पनि २ – ३ लाख पर्न आउने हुन्छ । पसल्समा त्यो खर्च लाग्दैन ।

तपाईंलाई आफ्नो बिजनेसलाई अन्लाईनमा लग्नु छ भने पसल्समा आएर साइन-अप गरेको केहि क्षणमै तपाईंको अन्लाईन पसल तयार हुन्छ । शून्य सुरुवाति खर्च । तयार अवस्थामा रहेको शटर भाडामा लिएर पसल सुरु गरे जस्तै ।

पसल सुरु गर्नका लागि घरको कन्सट्रक्सन गर्नु परेन । र, अर्को भनेको तपाईंले जुनसुकै बेला पनि आफ्नो अन्लाईन पसल बन्द गर्न सक्नेछन् । पसल जति समयको लागि चलाउन चहान्छन् त्यति समयको लागि मात्र शुल्क तिर्नु पर्ने हुन्छ । अर्को भनेको समयको बचत । पाँच मिनेटमै तपाईंको अन्लाईन पसल तयार (लाईभ) हुन्छ ।

SaaS के हो ?
SaaS अथवा Software as a Service भनेको, एउटा बनिसकेको सफ्टवेयरलाई ग्राहकले आफूलाई पायक पर्ने गरी प्रयोग गर्न दिने सर्भिस हो । यसो गर्दा ग्राहकले त्यो सफ्टवेयर बनाउन लाग्ने खर्च बेहोर्नु पर्दैन । ग्राहकलाई जहिले चाहिने हो र जति समयका लागि चाहिने हो त्यति नै समयका लागि पैसा तिर्ने र चलाउन मिल्ने सेवा हो । 

यसमा सफ्टवेयरको स्वामित्व SaaS प्रदायकको हुन्छ । यसले ग्राहकहरुको लागत पूरै बचाउँछ । SaaS का केहि उदाहरण भनेको Gmail, Zendesk, Slack, Shopify, Zoom, Dropbox, Mailchimp आदि हुन् । यसमा ग्राहकले space, bandwidth आदिको बारेमा केहि मतलब गर्नु पर्दैन ।

नेपालकै SaaS platform प्रयोग गरेर, सकेसम्म कम खर्चमा अन्लाईन पसल बनाइ भरपूर सदुपयाेग गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस