
काठमाडौँ । कोरोना भाइरस महामारी नियन्त्रणका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल सरकारलाई सहयोगस्वरुप प्रदान गरेका स्वास्थ्य सामग्रीको शुक्रबार काठमाडौं आइपुगेको छ।
एनआरएनए कोरियाले त्यहाँ खरिद गरिएका ४ हजार थान टेस्ट किट र ५०० पीपीइ कोरियन एयरको उडानबाट शुक्रबार काठमाडौं आइपुगेका हुन्।
एनआरएनएका अनुसार यो किटले ३ घन्टामा नतिजा दिनेछ। त्यसैगरी एनआरएनएले चीनमा खरिद गरेका थप स्वास्थ्य सामग्री आगामी सोमबार काठमाडौं आइपुग्नेछन्। अध्यक्ष पन्तका अनुसार चीनको ग्वान्जाओमा ५५० वटा आईआर थर्मोमिटर, २ हजार वटा पीपीई सेट, १ हजार ७४० केएन—९५ मास्क ४ हजार ७०० डिस्पोजेल मास्क तथा ४० हजार पञ्जा काठमाडौं पठाउन तयार पारिएको छ।
प्रतिक्रिया दिनुहोस