aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

चीनमा मिल्दैछ चमत्कारिक सफलता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २९ चैत्र २०७६
चीनमा मिल्दैछ चमत्कारिक  सफलता

काठमाडौ । चीनले कोरोना बिरुद्धको युद्धमा चमत्कारिक सफलता प्राप्त गरेको छ । कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म चीनमा ३ हजार ३ सय ३६ जनाको निधन भइसकेको छ । भने कुल संक्रमित ८१ हजार ९ सय ७ रहेको छ । जसमा ७७ हजार ४ सय ५५ जना उपचारपछि निको भएर घर गइसकेका छन् ।

चीनमा बिगत २४ घन्टामा कुनै नयाँ संक्रमित देखिएका छैनन् । अहिले कोरोना संक्रमित भएर चीनमा उपचाररत भनको ११ सय १६ जना रहेका छन् जसमा १ सय ४४ जनाको अवस्था गम्भिर छ । पछिल्लो कोरोना आकडा हेर्दा चिनले महामारीबाट मुक्ति पाउनेतर्फ अग्रसर देखिन्छ।

विश्वमा महामारीको रुपमा रहेको कोरोना भाइसरका कारण यो समाचार तयार पार्दासम्म विश्वभर १ लाख २ हजार ६८२ जनाले ज्यान गुमाएका छन् भन १६ लाख ९७ हजार ७३३ बन्दाबढी जनालाई कोरोनाको संक्रमण भएको छ । त्यसैगरी ३ लाख ७६ हजार भन्दा बढी उपचार पछि निको भएर घर गएका छन् । विश्वभर कोरोना भाइरसका कारण ४९ हजार जनाको अवस्था गम्भीर रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस