
काठमाडौँ । अमेरिकामा कोरोना भाइरसबाट एकैदिन २ हजार ३७ जनाको मृत्यु भएको छ। योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या १८ हजार ७ सय १९ पुगेको छ।
त्यस्तै, शुक्रबार करिब साढे ३३ हजार कोरोना संक्रमित थपिएका छन्। योसँगै संक्रमित हुनेको संख्या ५ लाख नाघेको छ। वर्ल्डोमिटरको तथ्यांकअनुसार अमेरिकामा मृत्यु हुनेको संख्या ५ लाख २ हजार ४९ पुगेको छ। शुक्रबारसम्म सबैभन्दा धेरै मृत्यु न्युयोर्कमा भएको छ। त्यहाँ हालसम्म ७ हजार ८ सय ४४ जनाको मृत्यु भइसकेको छ भने १ लाख ७२ हजार बढीमा संक्रमण रहेको छ।
त्यस्तै न्युजर्सीमा १९ सय ३२ जनाको मृत्यु भएको छ भने ५४ हजार बढी संक्रमित रहेका छन्। मिचिगनमा भने १२ सय ८१ जनाको मृत्यु भएको छ भने २२ हजार बढीमा संक्रमण रहेको छ।
प्रतिक्रिया दिनुहोस