
विश्व स्वास्थ्य संगठनले कोरोना वायरसको संक्रमणलाई रोक्नका लागि संसारभर जारी लकडाउन हटाउन हतार गरे मृत्यु हुनेको संख्या ह्वात्तै बढ्नसक्ने चेतावनी दिएको छ । डब्लुएचओ प्रमुख टेड्रोस अडैनम गिब्रियेससले चेतावनी दिँदै भने,'संसारभरका देशहरुले लकडाउन अन्त्य गर्ने बिषयमा सतर्क रहनु आवश्यक छ ।'
यूरोपमा कोरोना वायरसको महामारीबाट इटली र स्पेन सबैभन्दा बढी प्रभावित छन् । यी देशमा अहिले केहि खुलुको पार्ने गरिएको देखेपछी यस्तो चेतावनी आएको हो । त्यसो त ति मुलुकमा अहिले पनि लकडाउन जारि नै छ ।
विश्वमा महामारीको रुपमा रहेको कोरोना भाइसरका कारण यो समाचार तयार पार्दासम्म विश्वभर १ लाख २ हजार ६८२ जनाले ज्यान गुमाएका छन् भन १६ लाख ९७ हजार ७३३ बन्दाबढी जनालाई कोरोनाको संक्रमण भएको छ । त्यसैगरी ३ लाख ७६ हजार भन्दा बढी उपचार पछि निको भएर घर गएका छन् । विश्वभर कोरोना भाइरसका कारण ४९ हजार जनाको अवस्था गम्भीर रहेको छ ।
जेनेभामा आयोजित पत्रकार सम्मेलनमा टेड्रोसले भने, ''हामी विश्वका सबै सरकारहरुसँग लकडाउनको अवस्था कम गर्ने रणनीति बनाइरहेका छौं तर यसमा हतार गर्नु भने हुँदैन । यदी अहिले नै लकडाउन खोल्न हतार गरियो भने मर्नेको संख्या अत्यधिक रुपमा बढ्न सक्छ ।''
प्रतिक्रिया दिनुहोस