
अमरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 'गुड फ्राइडे' अवसरमा गरेको एक ट्वीटका कारण ट्रोलको सामना गर्नु परेको छ । ट्विटर प्रयोगकर्ताहरुले उनको सो ट्वीटबारे बिभिन्न किसिमका टिप्पणी गरेका छन् ।
कतिपय ट्विटर प्रयोगकर्ताले उनको धार्मिक सुझबुझ माथी नै प्रश्न उठाएका छन् भने धेरैले आफ्नो प्रतिक्रिया दिएका छन् ।
डोनाल्ड ट्रम्पले शुक्रवार आफ्नो आधिकारिक ट्विटर एकाउन्टबाट ट्वीट गर्दै लेखे, "सबैलाई गुड फ्राइडे शुभकामना" । तर , ईसाई धर्मका अनुसार गुड फ्राइडे त्यो दिन मनाइन्छ जुन दिन ईसा मसीहलाई सूलीमा चढाईएको थियो । त्यसैले यो कुनै खुसीको दिन होइन । यो दिनलाई एक दुखद दिनको रुपमा लिइन्छ र यो दिन पुरै समय प्राथना गरेर बिताईन्छ ।
तर, ट्रम्पले यो दिनमा सबैलाई बधाई दिएपछी उनलाई होली फ्राईडेको अर्थ समेत थाहा नभएको भन्दै धेरैले टिप्पणी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस