
काठमाडौं । हृदयाघातका कारण ज्यान गुमाएका एक नेपाली सैनिकको शव लिन श्री एअरलाइन्सको जहाज सुडानतर्फ उडेको छ । स्वर्गिय विष्टको शव लिन श्री एअरलाइन्सको नाइन एन ए एमबी कलसाइनको जहाज सुडानको लागि उडेको हो ।
नेपाली सेनाका प्रमुख सेनानी रिदेश विष्टको गएको १७ गते शान्ती मिसनको ड्युटीकै क्रममा हृदयघात हुँदा ज्यान गएको थियो ।
जहाज आइतबार विष्टको शव लिएर नेपाल आइपुग्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस