aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

कोरोनाको असरको अध्ययन गर्न आईएमएफले सल्लाहकार समूह बनायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २९ चैत्र २०७६
कोरोनाको असरको अध्ययन गर्न आईएमएफले सल्लाहकार समूह बनायो

एजेन्सी । कोरोना भाइरसको प्रकोपका कारण नेपाललगायत विश्वको अर्थतन्त्रमा संकुचन देखिएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले यसको अध्ययन गर्नका लागि बाह्य सल्लाहकार समूह बनाएको छ । आईएमएफ प्रमुख क्रिस्टलिना जर्जियावाले ११ अन्य अर्थशास्त्रीलाई बाह्य सल्लाहकार समूहको सदस्य बनाइएकी हुन । यस समूहमा भारतीय रिजर्व बैंक (आरबीआई) का पूर्व गभर्नर रघुराम राजनलाई पनि समावेश गरिएको छन ।

रघुराम राजन तीनवर्षका लागि भारतीय रिजर्व बैंकका गभर्नर थिए। उनी हाल शिकागो विश्वविद्यालयमा प्राध्यापक छन् । आरबीआई गभर्नरको रूपमा रघुराम राजनको कार्यकाल सेप्टेम्बर २०१६ मा अन्त्य भयो । 

आईएमएफले बनाएको बाह्य सल्लाहकार समूहमा वरिष्ठ सिंगापुरका मन्त्री तारामान शान्मुगरत्नम, म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीका प्राध्यापक क्रिस्टीन फोर्ब्स, अष्ट्रेलियाका पूर्व प्रधानमन्त्री केभिन रुड, संयुक्त राष्ट्र संघका पूर्व उपसचिव लार्ड मार्क मालोका ब्राउन पनि शामिल छन् । 

यस सल्लाहकार समूहले आईएमएफ प्रमुखलाई कसरी कोरोना संकटको सामना गर्ने सल्लाह दिनेछ । विश्वभरि भइरहेको परिवर्तन र नीति मुद्दाहरूको समीक्षा गर्दा यसको राय दिनेछन । आईएमएफ प्रमुख जर्जियावाका अनुसार भाइरस महामारीले सामना गर्नुपरेका चुनौतिहरू अघि यसका सदस्य देशहरूले द्रुत गतिमा परिवर्तन भइरहेको विश्व र जटिल नीतिगत मुद्दाहरूको सामना गरिरहेका थिए। त्यस्ता परिस्थितिहरूको सामना गर्न ठोस कदम चाल्नु आवश्यक छ।
 

प्रतिक्रिया दिनुहोस