aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

भारतमा कोरोनाको उपचारमा प्रयोग हुने औषधिको व्यापारमा थप कडाई

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २९ चैत्र २०७६
भारतमा कोरोनाको उपचारमा प्रयोग हुने औषधिको व्यापारमा थप कडाई

एजेन्सी । भारतमा कोरोनाको उपचारमा प्रभावकारी मानिने औलोको औषधि हाइड्रोक्सीक्लोरोक्वाइन सरकारलाई मात्र उपलब्ध गराउने र्भको छ । त्यहाका निजी कम्पनीहरूलाई समेत नबेच्ने निर्णय गरेको छ । यो औषधि अझै पनि भारत सरकारले निर्यातमा प्रतिवन्ध लगाएको छ । 

समाचार एजेन्सी पीटीआईका अनुसार निजी कम्पनीले अर्को देशको कुनै पनि कम्पनीमा निर्यात गर्न पाउँदैनन ।  सरकारले आवश्यक परेका वा  नेपाल, श्रीलंका र भुटान जस्ता छिमेकी देशका लागि सरकारले आफै उपलब्ध गराउने छ । 

कोविड १९ को उपचारका लागि अति उपयोगी भएको कारण या्े औषधि विश्वमा मागमा वृद्धि भइरहको छ । हालसालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफैं प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेर अमेरिकामा औषधिको निर्यात खोल्न अनुरोध गरेका थिए । 

विश्वको ७० प्रतिशत हाइड्रोक्सीक्लोरोक्विनक भातमा मात्रै उत्पादन हुन्छ । कोरोनाको बढ्दो घटनालाई ध्यानमा राख्दै भारतले २५ मार्चदेखि केहि देशबाहेकमा हाइड्रोक्सीक्लोरोक्विन निर्यातमा प्रतिबन्ध लगायो । 

अहिले भारतबाट हाइड्रोक्सीक्लोरोक्वाइन आयात गर्ने देशहरूले विदेश मन्त्रालय मार्फत आवेदन बुझाउनु पर्ने हुन्छ । त्यसपछि फार्मास्यूटिकल्स विभागले उक्त देशले माग गरेको मात्राको भन्सार विभागका अधिकारीहरुलाई भारतको उपलब्धता र भारतको चासोसँग सम्बन्धी भएर हेर्ने गर्छ ।

 त्यसपछि विदेश व्यापार महानिर्देशालयलाई निर्यातको इजाजतपत्र दिन वा अनुमति दिन सिफारिस गर्दछ । वाणिज्य मन्त्रालय अन्तर्गत आउँछ र लाइसेन्स वा अनुमति दिन्छ वा निर्यात वा आयात को लागि कुनै छैन भन्ने प्रमाणपत्र उपलब्ध गराएपछि मात्र विदेशमा पठाउने अनुमति दिने गर्दछ । 

प्रतिक्रिया दिनुहोस