
काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेसमा ७० करोड कमिसन काण्डमा मुछिएपछि सञ्चारमन्त्रीबाट राजिनामा दिएका गोकुल बाँस्कोटाले आफूलाई पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्ट र मन्त्री केशरबहादुर विष्टसँग तुलना गरेका छन्। आज ट्विट गर्दै विष्टले पूर्व मन्त्रीहरुसँग आफ्नो तुलना गरेका हुन्।
सिंहदरबारमा आगो लागेपछि कीर्तिनिधि विष्टले राजीनामा दिएका थिए भने खेलकूद मन्त्री रहेका केशरबहादुर विष्टले रङ्गशालामा असिना काण्डले मानिस मरेपछि पद त्यागेका थिए।
आज ट्विट गर्दै बास्कोटाले लेखेका छन्, ‘एक जनाले मात्र प्रश्नखडा गर्नासाथ राज्यसंयन्त्रहरुलाई छनविन गर्न सहयोग पुगोस् भनेर राजीनामा दिएँ, सिंहदरबार जल्नासाथ कीर्तिनिधि बिष्ट र रगंशालामा दुर्घटना हुनासाथ केशरबहादुर बिष्टले राजीनामा दिए बाहेक कस्ले मैले जसरी राजीनामा दिएका छन् ? उनले थप प्रश्न गरेका छन् । अझ म अनैतिक र भ्रष्ट ?’
उनले ट्विट गर्नासाथ उनमाथि आलोचना गर्नेहरु सोझै ७० करोड भन्दै सोझै प्रश्न गरेका छन् ।
प्रतिक्रिया दिनुहोस