aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

लकडाउन उल्लघंन गर्ने १९६० जना नियन्त्रणमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २९ चैत्र २०७६
लकडाउन उल्लघंन गर्ने १९६० जना नियन्त्रणमा

काठमाण्डौं ।  काठमाण्डौ उपत्यकामा लकडाउन उल्लघंन गर्ने ५ सय ४१ महिला सहित  १९ सय ६०  जनालाई नियन्त्रणमा लिएको छ । आज विहान ६ बजे देखि दिउसो ५ बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

यसै गरी  २ सय ६६ वटा दुई पाङ्ग्रे र १० वटा चारपाङग्रे गरी २ सय ७६ वटा  सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ । काठमाण्डौबाट सबैभन्दा बढि १७ सय ८६ जनालाई नियन्त्रणमा लिएको छ । यसै गरी ललितपुरबाट १ सय ६० र भक्तपुरबाट १४ जनालाई नियन्त्रणमा लिएको छ । 

 कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले उल्लघन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।  

लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पुर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक कार्यबाहेक घरबाट बाहिर ननिस्कन पनि सवैलाई आग्रह गरेका छन ।
 

प्रतिक्रिया दिनुहोस