aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

कोरोनाबाट ट्रम्पका ब्यापारी साथीको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३० चैत्र २०७६
कोरोनाबाट ट्रम्पका ब्यापारी साथीको मृत्यु

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नजिकका साथि स्टानली चेराको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको छ । दि रियल डिल डटकमले जनाए अनुसार न्यूयोर्कका रियल स्टेट व्यवसायी ७८ वर्षीय चेराको शनिबार निधन भएको हो ।

उनका नजिकका तीन साथिलाई उधृत गर्दै द न्यूयोर्क टाइम्सले पनि चेराको कोभिड–१९ कै कारण निधन भएको जनाएको छ । चेराको न्यूयोर्ककै अस्पतालमा उपचार भइरहेको थियो । यसअघि ह्वाइट हाउसमा भएको कोरोना भाइरस टास्क फोर्सको प्रेस सम्मेलनमा ट्रम्पले चेरालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएका थिए ।

ट्रम्पले प्रेस सम्मेलनमा आफ्ना एक साथीलाई कोरोना भाइरसको संक्रमण भएको बारम्बार बताएको र ति व्यक्ति चेरा नै भएको दावी न्यूयोर्क टाइम्सले गरेको छ । न्यूयोर्क सिटीका बासिन्दा चेरा शहरमा कोरोना फैलिएपछि मार्चको सुरुमा न्यू जर्सी गएका थिए । तर उनलाई कहाँबाट संक्रमण भएको हो भन्ने पुष्टि भएको छैन ।

ट्रम्पलाई सफल व्यापारी बनाउन ठूलो हात रहेको मानिएकाचेरा डिपार्टमेन्ट स्टोरबाट धन कमाएका ठूला धनाढ्यमा पर्दछन् ।

प्रतिक्रिया दिनुहोस