दिल्ली । भारतको दिल्ली सरकारले कोरोना सङ्क्रमण रोक्न राज्यले गरेको लकडाउनका कारण अप्ठेरोमा परेका आफ्नो राज्यका मजदुर र श्रमिक लाई ठुलो आर्थिक राहत दिने भएको छ । दिल्लीको केजरीवाल सरकारका मन्त्री तथा नफरगढका विधायक कैलाश गहलोतले ट्विट गर्दै यो कुराको जानकारी दिएका हुन् ।
उनले आफ्नो आधिकारिक एकाउन्टबाट ट्विट गर्दै मुख्य मन्त्री केजरीवालले पहिले नै जनतालाई बाचा गरे अनुसार प्रत्येक अटो रिक्सा, ट्याक्सी र इ-रिक्सा चालकलाई पाँच हजार भारतीय रुपैयाँ प्रदान गर्ने भएका छन् ।
राहत प्राप्त गर्नको लागि त्यस्ता ड्राइभरहरूले वैद्य पीएसवी ब्याच नम्बर र ड्राइभिङ लाइसेन्स पेस गर्नुपर्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस