
काठमाडौं । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दुई सय ७३ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा भारतमा ३४ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो ।
भारतमा कोरोना भाइरसबाट संक्रमित हुने मानिसको संख्या पनि आठ हजार नाघेको छ ।
दिल्लीमा मात्रै ९ सय भन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ।
सबैभन्दा धेरै महाराष्ट्रमा १७ सय ६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने तामिलनाडु, राजस्थान, मध्य प्रदेश र तेलंगनामा धेरै सङ्क्रमित रहेका छन् ।
प्रतिक्रिया दिनुहोस