
काठमाडौं । एनसेलले सरकारलाई तिर्न बाँकी सबै पुँजीगत लाभ कर बुझाएको छ । आज ठूला करदाता कार्यालयमा १४ अर्ब ३३ करोड रुपैयाँ पुँजीगत लाभकर तिरेपछि एनसेलले सरकारलाई बुझाउनु पर्ने कर चुक्ता भएको हो । एनसेलले यसअघि २ पटकमा ९ अर्ब १० करोड रुपैयाँ पुँजीगत लाभकर तिरेको थियो भने आज थप १४ अर्ब ३३ करोड रुपैयाँ तिरेको हो ।
उसले लाभकर र जरिवानासमेत गरी गरी जम्मा २३ अर्ब ४३ करोड रुपैयाँ चुक्ता गरेको ठूला करदाता कार्यालयले जनाएको छ । सर्वोच्च अदालतको भदौ ९ गते एनसेलले २१ अर्ब १० करोड लाभकर तिर्ने गरी फैसला गरेको थियो । सोही अनुसार एनसेलले आज बाँकी सावा र ब्याज सहित तिर्नु पर्ने सबै कर चुक्ता गरेको हो । एनसेल बाहेक आज अन्य कसैले कर तिरेका छैनन् ।
एनसेलले कर चुक्ता गरेर लामो समयदेखिको सरकार र एनसेलबीचको विवाद टुंगाएको ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक झलकराम अधिकारीले आर्थिकन्युजलाई बताए । ‘अब एनसेल र हाम्रो विवाद टुंगिएको छ ।’ एनसेलले भदौमा कर निर्धारणभएयता जम्मा २३ अर्ब ४३ करोड कर चुक्ता गरिसकेको छ,’ उनले थपे ‘त्यसमा ९९ करोड ब्याज पनि समावेश छ ।
सर्वोच्च अदालतको भदौ ९ गते एनसेलले २१ अर्ब १० करोड लाभकर तिर्ने गरी फैसला गरेको थियो । सो यता आन्तरिक राजस्व कार्यालय अन्तर्गतको ठूला करदाताले मंसिरमा २२ अर्ब ४४ करोड कर कर निर्धारण गरेको थियो । एनसेलले पुस १६ गते ४ अर्ब ५० करोड कर तिरेको थियो । चैत १८ गते ४ अर्ब ६० करोड र आज १४ अर्ब ३३ गरी जम्मा २३ अर्ब ४३ करोड कर तिरेको छ ।
सोही अनुसार एनसेलले आज तिर्नु पर्ने सबै कर चुक्ता गरेको हो । अब ठूला करदाताले निर्धारण गरेको कर र ब्याजसहित सबै कर चुक्ता भएको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस