aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

नयाँ वर्षलाई स्वागत गर्दै सुनसान सडक (फोटो समाचार)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०१ बैशाख २०७७
नयाँ वर्षलाई स्वागत गर्दै सुनसान सडक (फोटो समाचार)

काठमाडौं । काठमाडौंका सडक भिडभाड र व्यस्त रहन्थे । तर, विगत  तीन सातादेखि सडक सडक जस्ता छैनन । काठमाडौंका सडकमा जहा एकाध घण्टा सवारी जाम नभएको स्थान नै हुँदैन थिए । तर, आजकाल यी सडक सडक आफूहरुमा मात्र छन्,न कुनै जाम न कुनै कोलाहल । 

नयाँ वर्ष २०७७ लाई स्वागत गर्न यी सडकहरु एक्लै छन् । २०७६ सालको नयाँ वर्ष स्वागत गर्न यी सडकलाई भ्याई नभ्याई रहेको थियो वा यसभन्दा पहिलाका सबै जसो नयाँ वर्षमा यी सडकमा नछाड मछाड गर्दै सवारी साधन गुडाउदै नयाँ वर्ष मनाउनेको भिड हुन्थ्यो । 

यस वर्षको नयाँ वर्ष विश्वभरीमा नै रहेका नेपालीहरुले भाइचारा र सदभाव नभइ परिवार समाजसँग दुरी कायम गरेर मनाउदैछन् । त्यसैले काठमाडौंका यी सडकहरुले पनि सवारी साधनबाट आफूलाई दुरी कायम गराएर नयाँ वर्षलाई स्वागत गरिरहेका छन् । 

नयाँ वर्षमा तामझम देखिने तरबारमार्ग, ठमेलसमेत सुनसान भएको छ ।


पशुपति आर्याघाटले समेत फुर्सद पाएको छ । जहा दैनिक दर्जनौ मानिसको लासहरु जलाउन पनि भ्याइ नभ्याई हुने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस