aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

आखिर माने पुटिन, तेल उत्पादन कटौती गर्न जुट्यो सहमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०१ बैशाख २०७७
आखिर माने पुटिन, तेल उत्पादन कटौती गर्न जुट्यो सहमति

साउदी । इन्धनको उत्पादन कम गर्न तेल उत्पादक देशहरुको समूह ओपेक तथा त्यसका साझेदाहरु सहमत भएका छन्। कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि विश्वका अधिकांश क्षेत्रमा लकडाउन तथा सार्वजनिक गतिविधि बन्द हुँदा इन्धनको माग कम भएपछि विश्वव्यापी रुपमा उत्पादन १० प्रतिशतले घटाउने सहमति भएको हो ।

तेल उत्पादक देशहरुको समूह ओपेक तथा त्यसका साझेदाहरु आइतबारको भिडियो सम्‍मेलन गर्दै सहमति जनाएका छन् । 

कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि विश्वका अधिकांश क्षेत्रमा लकडाउन तथा सार्वजनिक गतिविधि बन्द हुँदा इन्धनको माग कम भएपछि विश्वव्यापी रुपमा उत्पादन १० प्रतिशतले घटाउने सहमति भएको हो । तेल उत्पादनमा यति ठूलो मात्रामा कटौति गर्ने सहमति भएको यो पहिलो पटक हो ।

रुससहित ओपेक र अन्य तेल उत्पादक मुलुकहरुले अप्रिल ९ देखि नै तेल उत्पादन कम गर्ने तयारी गरे पनि मेक्सिकोले सहमति नजनाउँदा लागु हुन सकेको थिएन । 

ओपेकले तेल कटौतिसम्बन्धी सहमती गरे पनि औपचारिक रुपमा घोषणा हुन भने बाँकी छ । यस सहमतीसँगै अब नियमितभन्दा दैनिक ९.७ मिलियन ब्यारेल तेलको उत्पादन कम हुनेछ । बीबीसी 

प्रतिक्रिया दिनुहोस