aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

लकडाउनबारे यसो भन्छन् प्रधानमन्त्री ओली

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०१ बैशाख २०७७
लकडाउनबारे यसो भन्छन् प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अवस्था हेरेर लकडाउन थप्ने कि नथप्ने निर्णय गर्ने बताएका छन् । नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिँदै उनले बुधबारसम्ममा हुने प्रगतिको आधारमा लकडाउनको समय थप्ने वा नथप्ने निर्णय गर्ने बताएक हुन् । 

लकडाउन बढाए पनि आपूर्ति प्रणालीलाई कमजोर हुन नदिइने  उनले संकेत गरे । उनले यसअघिकै निर्णय कार्यान्वयन गर्न आग्रह गर्दै मङ्गलबार र बुधबार हुने प्रगतिको आधारमा कोरोना महामारीविरुद्धको नीति तय हुने बताए । 

कोरोना रोकथाम गर्ने खोप या निको पार्ने औषधी अझै आविस्कार नभएकाले लकडाउन पालना गर्नु नै बच्ने एकमात्र उपाय भएको प्रधानमन्त्री ओलीले बताए । कोरोनाको सङ्क्रमणबाट जोगिन व्यक्तिगत दुरी आवश्यक रहेकाले लकडाउन गरिएको पनि उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस