
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको संक्रमणपछि सरकारले लगानीलाई प्राथमिकता दिने बताएका छन् । सोमबार नयाँ वर्षको उपलक्षमा शुभकामना संदेश दिदै उनले भने, यो विषम परिस्थितिका कारण हाम्रा लक्षहरु सबै पछाडि पर्ने भए यो महामारीबाट पारभएपछि सरकारले लगानी लगानी र अनि फेरि पनि लगानी गर्ने छ ।
उनले बैशाख ३ गतेपछि सरकारले कोरोनाका लागि थप रणनीति अपनाउने भन्दै सिङ्गो विश्वको अर्थ व्यवस्थालाई गतिशील बनाउने उत्पादन प्रणालीको कडी टुटेको बताए । अहिल यो महामारीले जीवनकै सर्वाधिक विश्वमा महा आर्थिक मन्दी निम्त्याउने सहजै अनुमान गर्न सकिने उनको भनाई थियो ।उनले भने, ‘विश्व व्यापार नराम्रो गरी खुम्चिने, करोडौंले रोजगारी गुमाउने र लगानीका स्रोतहरु सुक्ने कुरा निश्चि नै जस्तै छ ।
महामारीबाट कुल ग्राहस्थ उत्पादनको २ देखि ४ प्रतिशतको हाराहारीमा नेपालको अर्थतन्त्रमा क्षति पुग्ने यस क्षेत्रका विद्वानहरुको विश्लेषणमा सरकारको ध्यान गइरहेको उनले बताए । विश्वमा नै फैलिएको महामारीका कारण देशका ठूला ठूला कार्यक्रमहरु ठप्प भएको भन्दै भने, यदि महा विपद नभएको भए यतिबेला हामी विकासको वृद्धिका दरहरु कतिले वृद्धि गर्ने भनेर हिसाव गरिहेका हुन्थ्यौं ।
उनले भने, महामारीको विपदबाट बाहिर निष्किएपछि ‘धरहरा १० तल्लामा मात्रै होइन, त्यसभन्दा माथि अग्लिने छ । सुनकोशी–मरिन डाइभर्सनको ठेक्का लगाउने काम सकिने छ । कृषि आधुनिकरण कार्यक्रमले तिव्रता पाउने छ, खनिज उत्खननले तिव्रता पाउने छ । उनले यो विपदका बेलामा बन्दाबन्दीको नियम पालना गरेर साथ दिएकोमा सबैलाई धन्यवाद दिदै भने, हामी यो विपदबाट भएको क्षेतिको पूर्वानुमान २ हप्ताभित्र तयार पर्छौ ।
प्रतिक्रिया दिनुहोस