
भारत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार (भोली) बिहान राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री मोदीले भोली विहान १० बजेर १५ मिनेट जाँदा राष्ट्रलाई सम्बोधन गर्ने भएका हुन् । पछिल्लो २६ दिनमा कोरोना भाइरसको सम्बन्धमा उनको यो चौथो सन्देश हुनेछ ।
भारतीय सञ्चारमाध्यमका अनुसार भोलिको सम्बोधनमा प्रधानमन्त्रीले लकडाउन बढाउने घोषणा गर्ने सम्भावना रहेको छ । यसअघि, गत २४ मार्चमा राष्ट्रको नाममा सम्बोधन गर्दै उनले कोरोना भाइरसको संक्रमण रोक्न २५ मार्चदेखि देशभर लकडाउनको घोषणा गरेका थिए ।
भारतमा लकडाउनको पहिलो चरण अवधी भोलि सकिदै छ ।
प्रतिक्रिया दिनुहोस