
काठमाडौं । सरकारले जारी गरेको लकडाउनको समयमा अत्यावश्यक सवारीसाधन सञ्चालनका लागि ई–पासको व्यवस्था शुरु गरेको छ । गृह मन्त्रालयले सोमबार आयोजित कार्यक्रममार्फत खाद्यान्न ढुवानी, बिरामी ओसारपसार, शववाहन र अन्य अत्यावश्यक परेको खण्डमा अनलाइनमार्फत फाराम भरेर सवारी पास लिन सकिने व्यावस्था गरेको हो ।
यसरी व्यवस्था गरिएको प्रावधानका आधारमा जिल्ला प्रशासन कार्यालयले आवश्यकताको आधारमा मात्रै ई–पास वितरण गर्नेछ । यो प्रणाली मंगलबारदेखि शुरु हुनेछ ।
https://epass.moha.gov.np/ वेबसाइटमार्फत पास लिन सकिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस