aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

२५ दिनपछि देखियाे सनसिटी बस्ने तीनजनामा कोरोना पोजेटिभ, अन्य दुई जनामा पनि आशंका

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०१ बैशाख २०७७
२५ दिनपछि देखियाे सनसिटी बस्ने तीनजनामा कोरोना पोजेटिभ, अन्य दुई जनामा पनि आशंका

काठमाडौं । काठमाडौंको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका ३६ जनामा कोरोना टेष्ट गरेकोमा एकै परिवारका तीन जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

कागेश्वरी मनाहरा नगरपालिका प्रमुख कृष्णहरि थापाका अनुसार सनसीटि अपार्टमेन्टका अध्यक्षको अनुरोधपछि आज र्‍यापिड टेष्ट गरिएकामध्ये तीनै जनामा पोजेटिभ  देखिएपछि टेकु अस्पतालको सल्लाहमा  ललितपुरस्थित पाटन अस्पतालमा पठाइएको बताए ।

सनसिटी अपार्टमेन्टको पाँचौ तलमा बस्ने तीन जना बेलायतबाट गत चैत ५ गते कतार एअरवेजबाट नेपाल आएको उनले बताए । उक्त अपार्टमेन्टमा अझै २ जना विदेशबाट फर्किका रहेको थापाले जानकारी दिए ।

थापाका अनुसार उक्त अमार्टमेन्टमा विदेशबाठ आएका ती मानिसहरु घरमा नै क्वारेन्टाइनमा रहेको र काेराेना मिल्दाे जुल्दाे लक्षण देखे पश्चात पुनः चेक गराउँदा पाेजेटिभ देखिएकाे हाे । बिदेशबाट फर्के लगत्तै चेक गराएकाे तर उक्त बखत काेराेना पाेजेटिभ देखिएकाे थिएन । 

र्‍यापिड टेस्टमा आएको नतिजा शतप्रतिशत सही नहुन पनि सक्ने विज्ञहरुले यसअघि नै बताइसकेका छन् । आइतबार र्‍यापिड टेस्टमा पोजिटिभ देखिएकी बाग्लुङकी एक महिलाको सोमबार पोखरामा गरिएको पिसिआर टेस्टमा भने नतिजा नेगेटिभ देखिएको थियो ।

पाँचवटा बिल्डिङ रहेकाे उक्त अावासीय क्षेत्रमा अहिले सनसिटी अपार्टमेन्ट क्षेत्रका दुइतिरै शील गरि सुरक्षा ब्यवस्था कडा पारिएकाे छ ।

प्रतिक्रिया दिनुहोस